भोलि बिहान ५ बजेदेखि बालगोपालेश्वर मन्दिर खुला

बुधबार, कात्तिक ९, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ, । काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भोलि बिहानैदेखि खुला हुने भएको छ । दिदीबहिनी नहुनेका लािग भाइटीकाको दिन बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । 
बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ । सर्वसाधरणले बिहानदेखि नै मन्दिरको दर्शन गर्न सक्नेछन् । मन्दिर दर्शनको चाँजोपाँजो काठमाडौँ महानगरको वातावरण विभागले गरेको प्रवक्ता मानन्धरले जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  २१:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार