राष्ट्रपति-प्रधानमन्त्री दुवैले लगाएनन् भाइटीका 

बिहीबार, कात्तिक १०, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको तिहारमा भाइटीका लगाएनन् । 
राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाभएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनका तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् । 
 प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
 प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १०, २०७९  १३:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार