करिब एक हजार बौद्ध धर्मावलम्बीलाई दिक्षा प्रदान

शनिबार, कात्तिक १२, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु बोधिसेन महास्थवीरबाट आनन्दकुटी विहारका करिब एक हजार बौद्ध धर्मावलम्बीलाई दिक्षा प्रदान गरिएको छ । महासङ्घका अध्यक्ष तथा धर्मगुरु बोधिसेनले विधि विधानपूर्वक विशेष पूजा गर्दै बौद्ध शिक्षामा सत्कर्म गरी विश्व शान्तिका साथै मानव कल्याणमा क्रियाशील हुन सहभागीलाई आग्रह गरे  ।बौद्ध साहित्यमा आधारित नैतिक ज्ञान तथा अहिंसासम्बन्धी शिक्षा प्रदान गरिएको उक्त कार्यक्रममा उनले मानिसले लोभ, मोहको अन्त्य गर्न सकेमा शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण हुने बताउँदै त्यसतर्फ अग्रसर हुन सर्वसाधरणलाई प्रेरित गरेका छन्  ।

गत असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म उक्त विहारमा ‘वर्षावास’ बसेका भिक्षुहरूको सम्मानमा आयोजित ‘कथिन चिवर दान उत्सव’ मा महासङ्घका प्रतिनिधिलाई वस्त्र प्रदान गरिएको छ । विहारका उपाध्यक्ष भिक्षु धर्ममूति महास्थवीरका अनुसार प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णमादेखि एक महिनाभित्र एकपटक मात्र यस किसिमको उत्सव विहारमा गर्ने गरिन्छ । विहारले बुद्ध पूर्णिमाका दिन विशेष धार्मिक कार्यक्रम तथा अन्य समयमा विभिन्न सामाजिक गतिविधिसमेत सञ्चालन गर्दै आएको छ । रासस  

प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  १९:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार