सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सन् २०२२ को विश्वकप फुटबल आयोजक राष्ट्र कतारले विभिन्न १३ देशका सुरक्षाकर्मीहरूको सहायतामा विश्वकपमा सुरक्षा दिने भएको छ। अल जजिरा टेलिभिजनका अनुसार हालै कतारी सुरक्षा फौज, निजी सुरक्षा गार्ड र विदेशी सैनिकहरूले कतारभरि सुरक्षा अभ्यास गरेका छन् । फिफा विश्वकप २०२२ नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा हुँदै छ। विश्वकप फुटबल हेर्न संसारका विभिन्न मुलुकबाट १२ लाख फ्यानहरू कतार पुग्ने अपेक्षा गरिएsf] 5 . खेलाडी, अधिकारी, फ्यानलगायतको सुरक्षाका लागि कतारले विभिन्न मुलुकसँग सुरक्षा सम्झौता गरेको छ। तीमध्ये केहीले सैनिकहरू नै कतार पठाएका छन् भने केहीले तालिम, उपकरण र प्राविधिक सहयोग गरेका छन्। टर्की र पाकिस्तानका केही सैनिकहरू कतार पुगिसकेका छन्। फ्रान्स, बेलायत, अमेरिका, मोरक्को, जोर्डनलगायत मुलुकसँग पनि कतारले सुरक्षा सम्झौता गरेको छ। विश्वकपको मिति नजिकिँदै गर्दा कतारका सडकहरूमा सुरक्षा गतिविधिहरू बाक्लिन थालेका छन्।