सदरमुकाम दमौलीका बैंक चार घण्टामात्र खुल्ने

बिहीबार, वैशाख १६, २०७८
मयुर प्लाई
Global Ime Bank

दमौली । कोभिड–१९ को दोस्रो लहरको प्रकोप बढ्दै गएपछि तनहुँको सदरमुकाम दमौलीमा सञ्चालित बैंक तथा वित्तीय संस्था दिनको चार घण्टामात्रै खुल्ने भएका छन् । कोरोनाको जोखिम न्यूनीकरण गर्न व्यास नगरपालिकाले दमौलीमा रहेका बैंक तथा वित्तीय संस्था बिहान १० बजेदेखि २ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने निर्णय गरेको हो ।  नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग आज सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । व्यास नगरपालिका पनि कोभिडको उच्च जोखिममा रहेकाले स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड कडाइका साथ पालना गर्दै बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्रै बैंक तथा वित्तीय संस्था खुल्ला रहने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।  कोभिड सङ्क्रमणको संवेदनशीलतालाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थामा अनावश्यक भीडभाड नगर्न साथै डिजिटल बैंकिङ प्रणालीको अधिकतम उपयोग गर्न सर्वसाधारणलाई नगरपालिकाले आग्रह गरेको छ ।–रासस
 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  २१:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार