बङ्गलादेशमा कार्यालय समय पुनः आठ घण्टा बनाइयो

सोमबार, कात्तिक १४, २०७९
मयुर प्लाई
Global Ime Bank

ढाका । बङ्गलादेश सरकारले विद्युत् अभावका कारण यसअघि गरिएको परिवर्तनपछि सोमबार पुनः नोभेम्बरदेखि कार्यालय समय परिवर्तन गरेको छ ।  प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मन्त्रीपरिषद्का सचिव खण्डकर अनवारुल इस्लामले सञ्चारकर्मीलाई जानकारी दिए  । 

उनका अनुसार यसअघि सरकारी कार्यालय र स्वायत्त संस्था बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सात घण्टा चलाउँदै आइएका थियो तर यसमा परिवर्तन गरी बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म आठ कार्यालय समय तोकिएको छ ।  अधिकारीका अनुसार नयाँ कार्यतालिका नोभेम्बर १५ देखि लागू हुनेछ । सर्वोच्च अदालत, बंगलादेश बैंक र विद्यालय तथा कलेज प्रशासनले आ–आफ्नो कार्यतालिका तय गर्नसक्ने उनले बताए  । इन्धन अभावको सामना गरिरहेको बङ्गलादेशले विद्युत् बचत गर्न र ट्राफिक जाम कम गर्न गत अगष्टमा सरकारी कार्यालयको समय एक घण्टा घटाएको थियो ।  

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार