माओवादी अध्यक्ष प्रचण्डलाई भेटे अमेरिकी राजदूतले,  अमेरिकाको सहयोग निरन्तर रहने आश्वसन

मंगलबार, कात्तिक १५, २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले आज भेटवार्ता गरेका छन् । उक्त भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । भेटमा पूर्वप्रधानमन्त्री दाहालले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सरहानीय रहेको बताएका थिए । 
उक्त अवसरमा राजदूत थम्पसनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरूको सहयोग निरन्तर रहने विश्वास दिलाएका थिए । उनले ७५ वर्षदेखिको नेपाल अमेरिकी सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाइ लिने विश्वास व्यक्त गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  ११:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार