सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएकी सीतालाई नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी) मा राखिएको छ । गत सोमबारमात्र १६ दिन लामो अस्पतालमा उपचार गराएर सीतालाई घर लगिएको थियो । सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी पीएसपीबाट पीडित छिन् । चिकित्सकका अनुसार पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने रोग हो । सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् ।