भारत-भुटान सीमानजिक सडक दुर्घटनामा एक सैनिकको मृत्यु, ४ घाइते
गुवाहाटी । भारत-भुटान सीमाको तामुलपुर नजिक सोमबार भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । गुवाहाटीका डिफेन्स पीआरओले घाइते सेनाका जवानहरूलाई आर्मी बेस अस्पतालमा लगिएको जानकारी दिएका छन् । भारत-भुटान सीमामा रहेको तामुलपुर नजिक आज भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक सैनिकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घाइतेहरूलाई सेनाको बेस अस्पतालमा लगिएको छ, गुवाहाटी सुरक्षा संयन्त्रले उल्लेख गरेको छ । सेनाको गाडी नरेङ्गी आर्मी क्यान्टबाट दुर्घटनास्थल पुगेको थियो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।-रासस
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९ १७:१४
प्रतिक्रिया दिनुहोस्