पूर्वप्रधानमन्त्रीमाथिको घातक आक्रमणको निष्पक्ष अनुसन्धान गर्नुपर्छ’

मंगलबार, कात्तिक २२, २०७९
मयुर प्लाई
Global Ime Bank

शर्म एल–शेख ( इजिप्ट ) ।   पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि हालै भएको गोली प्रहारको निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताएका   छन्  ।  अमेरिकी टेलिभिजन सिएनएनसँगको कुराकानीमा उनले पूर्वप्रधानमन्त्री खानमाथि भएको गोली प्रहारको निन्दा गर्दै यस घटनाको निष्पक्ष रुपमा छानविन गर्नुपर्ने बताएका  हुन्  ।   अन्तर्वार्तामा उनले भने  ‘‘देशभित्र उनका विषयमा हुने चर्चा हाम्रो आन्तरिक विषय हुन् तर उहाँमाथिको हमला देशका एकजना पूर्वप्रधानमन्त्रीमाथिको हमला हो, त्यसैले यसको निष्पक्ष अनसन्धान हुनु जरुरी छ ।’’ उनले सो घटनाको आफूले सुरुमै निन्दा गरेको र यसको स्वतन्त्र र निष्पक्ष रुपमा छानबिन हुनुपर्छ भन्ने माग गरेको पनि बताए  ।  पूर्वप्रधानमन्त्री खानको रुस भ्रमणका विषयमा विवाद उत्पन्न भएको र रुस र युक्रेनको पछिल्लो द्वन्द्वका कारण खानलाई विवादास्पद बनाइएको विदेशमन्त्री जर्दारीले बताए  ।  यसअघि नै पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले पूर्वप्रधानमन्त्री खानको हत्या प्रयासको स्वतन्त्र छानविनका लागि एक न्यायिक समिति गठन गर्न आदेश दिइसकेका  छन्  । पूर्वप्रधानमन्त्री खानमाथि गत बिहीबार पाकिस्तानको वाजिरिस्तानमा गोली प्रहार भएको थियो । खुट्टामा गोली लागेका उनलाई  जोखिममुक्त  छन्  । चिकित्सकहरूले उनको खुट्टाबाट तीन वटा गोली निकालिेका थिए ।  
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार