गोदावरी नगरपालिका–३ का पूर्ववडाध्यक्ष बालमुकुन्द घिमिरेले छाडे एमाले, कांग्रेस जिल्ला सदस्यमा मनोनयन 

बिहीबार, कात्तिक २४, २०७९

ललितपुर ।  २०७४ को स्थानीय तह निर्वाचनमा गोदावरी नगरपालिका–३ मा एमालेबाट विजयी भएका वडाध्यक्ष बालमुकुन्द घिमिरे कांग्रेस प्रवेश गरेका छन् । एमालेका संघीय उम्मेदवार नवराज सिलवाल र प्रदेशसभा (क) का उम्मेदवार मधुसुदन पौडेलको बसोवास रहेको वडा नम्बर ३ मा प्रभाव राख्ने घिमिरे कांग्रेस प्रवेश गरेपछि एमालेलाई संकट परेको छ । 
०७४ को निर्वाचनमा सिलवाललाई सघाएका घिमिरेले एमालेले विगतमा गरेका प्रतिवद्धता बिर्सिएकाले आफूले कांग्रेस रोजेको बताएका छन् । तीनवटा विषयमा स्नातकोत्तर गरेका घिमिरे कानुन व्यवसायी पनि हुन् । दुईपटक एमालेको जिल्ला सचिवालय सदस्यसमेत रहेका घिमिरेलाई कांग्रेस प्रवेश गराउँदै संघीय संसदका उम्मेदवार उदयशमशेर राणाले पार्टीले उचित जिम्मेवारी दिने बताएका छन् ।

balu1668094106.jpg
घिमिरेले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताउन लागि पर्ने भन्दै गोदावरीमा भएको घरदैलो अभियानमा बिहीबारदेखि सक्रिय भएका छन् ।  ‘म संविधान रक्षाका लागि लड्ने मान्छे हो । विगतमा म एमालेमा रहँदासम्म इमान्दारिताका साथ काम गरेँ । जब केपी ओलीले संसद् विघटन गर्नुभयो, त्यो गैरसंवैधानिक कुरा थियो र पार्टीभित्र मैले त्यतिबेला पनि यो गैर संवैधानिक छ भनेर कुरा उठाएँ । जतिसुकै विवाद भए पनि संविधान र देशको लागि यो गलत कदम हो भनेको थिएँ’, घिमिरेले भने ।
पछिल्लो दिनमा एमालेले पूर्वपञ्चहरुलाई लिएर गठबन्धन बनायो, यसमा मेरो असहमति हो । नेपाली कांग्रेसले प्रगतिशील र परिवर्तनकारी शक्ति वाम गठबन्धनले गर्दा यो देश, संविधानको रक्षा र जनताकै परिवर्तनका साथै विकास पनि हुन्छ भन्ने कुराले आकर्षित भएर नेपाली कांग्रेस प्रवेश गरेको हुँ । आजैदेखि गठबन्धनलाई जिताउन लागिसकें,’ घिमिरेले भने ।

go1668094115.jpg
 एमाले परित्याग गरेका पूर्व वडाअध्यक्ष  घिमिरेले एमालेले बिगार्ने , सिद्द्याउने बाहेक केही गर्न नसक्ने विश्लेषण गर्दै उक्त पार्टी छाडेको बताए । 
नवप्रवेश घिमिरेलाई ललितपुर काँग्रेस सदस्यमा मनोनयन गरिएको छ । पार्टी जिल्ला सभापति एवम् ललितपुर क्षेत्र नं ३ ख का उम्मेदवार जितेन्द्रकु्मार श्रेष्ठले नवप्रवेशी घिमिरेलाई जिल्ला सदस्य पदमा मनोनयन गरिएको पत्र दिएका छन् ।  
आज ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उदयशम्शेर राणा तथा १ 'क' का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता हरि दाहालले गोदावरी नगरपालिका वडा नम्बर ३ मा घर दैलो सम्पन्न गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  २१:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार