सोसल मिडिया
Contact Us
युनिकोड
अंकारा । टर्कीस् राष्ट्रपति रिसेप तैयब एर्डोगानले रुस र युक्रेनका बीचमा वार्ताको प्रयास भइरहेको जानकारी दिनुभएको छ । उनले टर्कीले दुई देशबीच शान्ति वार्ताको प्रयास जारी नै राखेको तर अमेरिकाले रुसको कडा विरोध गरेका कारण वार्ता सुरु हुन नसकेको बताए टर्कीस् राष्ट्रपति एर्डोगानले पछिल्लो समयमा अमेरिकाले रुसको अनावश्यक रुपमा विरोध गरका कारण वार्ता सुरु हुन नसकेको आरोप समेत लगाएको समाचारमा जनाइएको छ । उज्बेकिस्तानबाट टर्की आउने क्रममा उहाँले सम्वाददाताहरुसँग यस्तो कुरा बताउनुभएको हो । टर्कीस् राष्ट्रपति एर्डोगानले टर्कीले रुस र युक्रेनका बीचमा शान्ति वार्ताको ढोका खोल्न खोजेकाले यस कार्यमा पश्चिमा देशहरुले पनि आवश्यक मात्रामा सहयोग गर्नुपर्ने बताएका हुन् । उता युक्रेनले भने रुसी सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गर्ने जनाएको छ । युक्रेनले पहिलेदेखि राख्दै आएको यो अडान गत हप्ता पनि दोहोर्याएको थियो ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीका सल्लाहकार मिखाइलो पोदोलियाकले गत हप्तामात्र सो धारणा राख्नुभएको युक्रेनी मिडियाले जनाएका थिए । हाल रुसले युक्रेनमा एक प्रकारको युद्धविराम जस्तो गरेको र त्यो युद्धविरामको अवस्था उसले आफ्नो शक्ति थप सञ्चय गर्ने काममा पनि दुरुपयोग गर्न सक्ने धारणा युक्रेनको रहेको छ । युक्रेनले वार्ताका बारेमा भने केही बताएको छैन । युक्रेनको विषयलाई लिएर अहिले रुस र कुनै पनि पश्चिमा देशसँग छलफल र निर्णय नभएको पनि युक्रेनले केही दिन अघि स्पष्ट गरेको थियो । गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेको थियो । त्यसपछि मार्च २९ मा टर्कीको इस्तानबुल सहरमा रुस र युक्रेनकाबीचमा प्रत्यक्ष वार्ता भएको थियो । त्यसयता यी दुई देशबीचमा प्रत्यक्ष रुपमा वार्ता हुन सकेको छैन । त्यसैले आफ्नो मध्यस्थतामा यी दुई देशका बीचमा वार्ता गराउने प्रयासमा टर्की रहेको टर्कीस् राष्ट्रपति एर्डोगानले बताएका छन् । रासस