इस्तानबुलमा भएको आक्रमणमा आतङ्ककारीको हात छ : राष्ट्रपति एर्डोगान

सोमबार, कात्तिक २८, २०७९
मयुर प्लाई
Global Ime Bank

इस्तानबुल ।  टर्कीको स्तानबुलमा भएको आक्रमण आतङ्ककारीहरुले गराएको टर्कीको आशङ्का रहेको छ । यहाँका राष्ट्रपति रिसेप तैयप एर्डोगानले सो कुरा बताएका हुन्  ।उनले यो कार्य आतङ्ककारीहरुबाट भएको हो र यो आतङ्ककारी कार्य हो भने  । आइतबार इस्तानबुलमा आयोजित एक पत्रकार सम्मेलनमा  उनले – अहिले नै यसो भन्न त हतार हुनसक्छ, त्यसैले मैले सय प्रतिशत नै आतङ्ककारी हमला त भन्न सक्दिन, तर पनि यो काम आतङ्ककारीकै हो भन्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ 

उनले जि२० को सम्मेलनमा सहभागी हुन इन्डोनेसिया जानुअघि इस्तानबुलमा आयोजित सो पत्रकार सम्मेलनमा उनले सो प्रतिक्रिया दिएका  हुन्  । उनले यो आक्रमणको पूर्ण अनुसन्धान त जारी नै छ तर अहिलेसम्मको अवस्था हेर्दा कुनै एकजना महिलाले आत्मघाती हमला गराएको जस्तो देखिएको पनि बताए  । टर्कीको इस्तानबुल सहरमा आइतबार अपराह्न बम आक्रमण भएको थियो । अज्ञात व्यक्तिबाट भएको सो हमलामा परेर कम्तीमा पनि छ जनाको ज्यान गएको छ भने अरु ५३ जना घाइते भएका छन् । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार