पम्फासँग मतदाता खुसी, जितेन्द्रसँग दंग,  स्वतन्त्र उम्मेदवार धेरै हुँदा गठबन्धनलाई फाइदा 

ललितपुरम महानगरपालिका वडा नं १८ र २५ मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको घर दैलो 
मंगलबार, कात्तिक २९, २०७९

ललितपुर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदो छ । मतदानको दिन नजिकिएसँगै ललितपुरमा चुनावी सरगर्मी पनि बढ्दो छ । उम्मेदवारहरू अहिले बिहानैदेखि साँझसम्म घर दैलोमा व्यस्त छन् । घर दैलोकै क्रममा आज ललितपुर महानगरपालिका वडा नं १८ तथा वडा नं २५ पुगेका वाम लोकतान्त्रिक गठबन्धनबाट ललितपुर ३ की प्रतिनिधिसभाका साझा उम्मेदवार ऊर्जामन्त्री पम्फा भुसाल तथा प्रदेश ख का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठप्रति मतदाताले देखाएको अपार स्नेहबाट दुवै उम्मेदवार उत्साहित भएका छन् । घरदैलोमा जाँदा मतदाताको अभूतपूर्व स्नेह पाएकी पम्फा निर्वाचन जित्नेमा ढुक्क छिन् । पहिलो पटक जनप्रतिनिधि हुने दौडमा रहेका नेपाली काँग्रेसका जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ पनि पम्फा जस्तै निर्वाचन परिणााम आफ्नो पक्षमा आउनेमा ढुक्क छन् । 
घर दैलोमा पुग्दा गठबन्धनकाका साझा उम्मेदवार पम्फालाई मतदाताले शुभेच्छा प्रकट गरिरहेका छन् । अघिल्लो निर्वाचनका क्रममा व्यक्त अधिकांश प्रतिबद्धता पूरा भई जनताले त्यसबाट प्रत्यक्ष लाभ आफूहरूले लिइरहेको र आगामी दिनमा जनताको अपेक्षा सम्बोधन गर्न सक्ने नेत्रीका रुपमा मन्त्री भुसालाई विजयी गराउन आतुर रहेको धारणा घर दैलोको क्रममा मतदाता व्यक्त गरेका छन् । 

314392987_620058579801766_3141610803479825088_n1668487754.jpg
मतदाताहरुले विकासप्रति प्रतिबद्ध नेत्रीलाई नीति निर्माण तहमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने सुझावसहित निर्वाचनमा विजयी गराउन आफूहरु लागि पर्ने आश्वन दिइरहेका छन् । 
ललितपुरवासीको गुणस्तरीय जीवन जीउन पाउनुपर्ने अधिकारलाई कार्यान्वयन गर्न आफ्नो ध्यान केन्द्रित भएको उनको भनाइ छ । आफूले विगत पाँच वर्षमा ललितपुरको कला, संस्कृति, सम्पदाको प्रवद्र्धन र संरक्षणमा सक्दो सहयोग गरेको बताउँदै मत मागिरहेकी छन् । 
ललितपुरलाई उत्कृष्ठ सहरका रुपमा व्यवस्थित गर्ने सुस्पष्ट योजनाका साथ आफू अगाडि आएको जनाउँदै उनले स्वच्छ पर्यावरणमा रम्न पाउने ललितपुरवासीको चाहनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । 
पम्फाले ‘अबको भिजन, गुणस्तरीय जीवन’ दृष्टिकोण प्रस्तुत गरिसकेकी छन् । उनले आफ्नो पहलमा ललितपुर क्षेत्र नं ३ का टोल वस्तीमा जनअपेक्षाअनुसारका महत्वपूर्ण काम भएका र बाँकी काम सम्पन्न गर्नका लागि आफू फेरि जनताको माझमा आएको बताइ रहेकी छन् । 

314923245_435496342090814_5468016698200744508_n1668487848.jpg
ललितपुरको कला, संम्पदा, संस्कृति र परम्परालाई यहाँको हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोडेर आगामी पाँच वर्षभित्र ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार गर्ने उनको दृढता छ ।
उम्मेदवार पम्फाले प्रतिबद्धतापत्रमार्फत अर्थतन्त्र, पर्यावरण÷वातावरण र समाजलाई गुणस्तरीय जीवनका तीन आधारस्तम्भका रूपमा आगाडि सारेकी छन् । पर्यटनमा आधारित अर्थतन्त्र निर्माण, पर्यावरणमैत्री पूर्वाधार निर्माण र समातामूलक समाज निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । 
क्षेत्र नम्बर ३ मा हेभिवेट उम्मेदवार पम्फा भुसालसँग पहिलो पटक उम्मेदवार बनेका छन् एमालेका अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की । 
पाँच दलिय गठबन्धनका कारण पम्फा भुसाललाई चुनाव जित्न सहज हुने अनुमान गरिएको हो । एमालेका प्रतिनिधि सभाका उम्मेदवार पहिला गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएपछि पूर्णकार्यकाल काम नगर्नु तथा स्वतन्त्रका नाममा धेरैजना चुनावी मैदानमा रहँदा ललितपुरमा लामो समयदेखि राजनीतिमा सक्रिय पम्फालाई चुनाव जित्न सहज हुने आकलन छ । 

314924510_520535356393967_1337552189825671912_n1668487869.jpg
झण्डै तीन दशकदेखि राजनीतिमा सक्रिय भुसाल राज्यको माथिल्लो तहसम्म पुगेर कार्य सम्पादन गरेकी अनुभवी राजनीतिज्ञ हुन् । ललितपुरलाई कार्यक्षेत्र बनाएर राजनीति गर्दै आएकी पम्फा भुसाल आफ्नो क्षेत्रका सवै जसो चोक, गल्ती–गल्ती पुगेर जनताको सुख दुखमा साथ दिँदै आएकी छन् । पम्फासँगै चुनावी मैदानमा रहेका उम्मेदवारको राजनीतिक पृष्ठभूमि उति बलियो छैन । त्यसैले अमृत–तोसिमसहितका उम्मेदवारलाई पम्फा भारी परेकी हुन् । सफल राजनीतिककर्मीलाई सामान्य उम्मेदवारसँग दाज्नु निकै हल्का हुनेछ । उम्मेदवारका विषयमा चर्चा गर्दा उनीहरुको राजनीतिमा अनुभव र योगदानलाई पनि कदर गरिनुपर्छ । 
स्थानीय निर्वाचनको नजितालाई हेर्ने हो भने ललितपुर–३ वाम–लोकतान्त्रिक गठबन्धनको किल्ला मान्नु पर्छ । यहाँको धेरै भुभाग शहरमा पर्छ भने थोरै भुभाग ग्रामीण भेगमन । ललितपुर क्षेत्र ३ ललितपुर महानगरपालिका– १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ गरी २२ वटा वडाहरू पर्छन् । यहाँँ मतदाता संख्या ९४ हजार ११६ रहेको छ । 

315355975_3389095748006261_3324048400379203929_n1668487899.jpg

पछिल्लो ५ वर्षभित्र मन्त्री भुसालको पहलमा ललितपुरमा केके काम भए ?

– ग्वार्को, सात दोबाटो र एकान्तकुनामा निर्माण गरिने फ्लाइओभरको अध्ययन सम्पन्न ।
– बाग्मती, नख्खु र कर्मनासा कोरिडोरको निर्माण कार्य सुरु ।
– पार्क तथा सार्वजनिक भवनहरूको निर्माण (गुठी भवनहरू, कवर्ड हलहरू, ठेचो र हरिसिद्धि सार्वजनिक भवन, छयासीकोट सभागृह, कुसुन्ती पार्क, धोविघाट पार्क, सहिद तथा बेपत्ता पार्क, चापागाउँ पार्क, मगर समाज भवन लगायत)
– राजकुलो पुनः निर्माण तथा संरक्षण र सिँचाइ : भोर्लेकुलो, खोकना राजकुलो, हरिसिद्धि राजकुलो, दारे–गङ्गामाइ राजकुलो, ठेचो–सुनाकोठी राजकुलो, इखुढ–चपेढ–माखढ राजकुलो (गोदावरी) सहित ११ वटा राजकुलो, हरिसिद्धि, बढीखेल, माल्टा र इकुडोलमा लिफ्ट सिँचाइ आदि ।
– झोलुङ्गे पुलहरूको निर्माण ः बालकुमारी–ओखातबस्ती जोड्ने पुल, कार्यविनायक–मछिन्द्रबाहाल जोड्ने सांस्कृतिक पुलको पुनःनिर्माण ।
– सडक निर्माण तथा स्थरोन्नती (मगरगाउँ–वाइवाइ फ्याक्ट्री, अष्टभुजा देवी मन्दिर–सैंबू हाइट, खोकाना दोबाटो–बसपार्क–कार्यविनायक, ललितपुर महानगर–१८ वडा कार्यालय अगाडि–इनार–जारकाटे दोबाटो बुङ्गमति, बुङ्गमति–फर्सीडोल–डुकुछाप हुँदै माल्टा जोड्ने सडक लगायत) –ललितपुर जिल्ला अन्तर्गगत डिभिजन सडक कार्यालयबाट भएका कामहरु ।
– नदी तथा पहिरो नियन्त्रणका कार्यहरू (धापाखेल, कार्यविनायक, सुनाकोठी, चापागाउँ, लेले, हरिसिद्दि, हात्तीवन, सैंबु, भैसेंपाटी, बागडोल, पाको, वाग्मतीनदी, नख्खुखोला, कर्मनासा महादेवखोला लगायत)
– भूकम्पपछिको पुनःनिर्माण (खोकनास्थित रुद्रायाणी मन्दिर, रातो मिच्छीन्द्रनाथ, भीमसेनलगात सम्पदाहरू) ।
– महिला सशक्तीकरणका कार्यहरू : सुनाकोठी, खोकना, बुड्मति लगायत ।
– खारेज भएको सडक डिभिजन कार्यालयको पुनः स्थापना ।
– खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण ।
– खानेपानी : बत्सलादेवी खानेपानी आयोजनामार्फत सैंबूको खानेपानी समस्या समाधानसहित अन्य खानेपानीका आयोजना अगाडि बढाइएको छ । फर्सीडोल, फैंचा खानेपानी व्यवस्थापन, सिद्धिपुर खानेपानी मुहान संरक्षण, गोदावरी खानेपानी ट्याड्की संरक्षण लगायत ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार