सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । २२ वर्षअघि नेकपा (एमाले) परित्याग गरेका अमृत खड्का पुनः त्यही पार्टीबाट ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन् । २०५४ सालमा उनी तत्कालीन सैबुँ गाविसको अध्यक्ष भएका थिए । तर त्यतिबेला उनको कार्यशैलीलाई लिएर पार्टीभित्र चर्को विरोध भएपछि उनले निर्वाचित भएको १८ महिना मै राजीनामा दिनु परेको थियो । विवादपछि खड्काविरुद्ध स्थानीय एमालेका कार्यकर्ताहरु ललितपुरको पार्टी कार्यालयमा पुगेर उनलाई पदबाट हटाउन माग गरेका थिए । तर खड्का त्यसबेला शक्तिमा रहेका नेता रघुजी पन्त र जीवन खड्काले पहल गरेर उनलाई पदबाट राजीनामा दिन बाध्य बाध्य पारेका थिए । बहुमतमा हुँदाहुँदै पनि पदबाट राजीनामा दिएपछि उनी २२ वर्षसम्म एमालेको राजनीतिबाट हराएका थिए ।
यसबीचमा खड्का व्यापारिक क्रियाकलापमा सहभागी भई नव धनाढ्यका रुपमा स्थापित भएको भैसेपाटीका खड्का थर गरेका एक स्थानीय वताउँछन् । ‘उहाँ पहिले अध्यक्ष हुनुहुन्थ्यो, राजीनामा दिएर राजनीतिबाट हराउनु भो, एमालेको नामै सुन्न चाहानुहुन्नथ्यो, अहिले फेरी सांसदको उम्मेदवार भएर आउनु,’ ती स्थानीयले भने ।
अर्का स्थानीयले खड्काले जग्गालाई मुल सडकको जग्गा भनी सिफारिस दिएका कारण विवादमा आएको बताए । गाविस अध्यक्षबाट राजीनामा दिएपछि उनी ठमेलमा पीसिओ चलाएर व्यवसाय सुरु गरेका थिए । त्यसपछि उनी एमालेको सम्पर्कमा थिएनन् । यसबीचमा कुनै समय उनी नेकपा माओवादीको समर्थक पनि भएका थिए भन्ने जानकारी ती थानीयले गराएका थिए ।
लामो समयसम्म एमालेको राजनीतिमा सक्रिय नरहेका खड्का एमालेको गत महाधिवेशनदेखि एमालेमा क्रियाशील भएको असन्तुष्ट एक स्थानीय एमाले नेताले जानकारी दिए । ‘उहाँ एमालेको महाधिवेशनबाट क्रियाशील हुनुभएको हो, त्यस अघि पार्टीका कुनै पनि क्रियाकलापमा हुनुहुन्नथ्यो,’ ती नेताले सुनाए, ‘एमालेको महाधिवेशनमा विष्णु पौडेल र शंकर पोखरेलको महाधिवेशनमा लागेको सम्पूर्ण खर्च उहाँ (अमृत खड्का)ले नै व्यहोर्नु भएको भन्ने पनि हल्ला छ ।’
खड्काले प्रतिनिधिसभाको टिकट पाएपछि एमालेका पुराना निष्ठावान नेता तथा कार्यकर्तामा नैराश्यता छाएको कुरा एक स्थानीय काँग्रेसका क्रियाशील व्यक्तित्वले हामीलाई जानकारी गराए । ‘अमृत खड्का जस्ता लामो समयसम्म पार्टीमै क्रियाशील नभएका व्यक्तिले टिकट पाउँदा निवर्तमान प्रदेशसभा सदस्य जीवन खड्का पनि निराश छन्,’ एमालेकै अर्का सक्रिय कार्यकर्ताले भने, ‘पार्टीमा पैसाको भरमा उम्मेदवार चयन भएपछि हामी जस्ताको के मुल्यांकन भो र ! म पनि फ्रस्टेशन जस्तै भइसकेको छु तर के गर्नु अहिले हामीले व्यक्त गर्न मिल्ने अवस्था नै छैन ।’
अमृत खड्का ललितपुर जिल्लामा क्रियाशील चिनिएका एमालेका राजनीतिक अनुहार नभएपछि उनको पृष्ठभूमीको बारेमा हामीले सोधीखोेजी ग¥यौं हरिकृष्ण व्यञ्जनकार, सुशीला नेपाल, मधुसुदन पौडेल, जीवन खड्का, रघुनाथ महर्जन, प्रेम महर्जन एमालेका भनेर अरु पार्टीसँग आस्था राख्नेहरुले पनि चिनेका व्यक्तित्व हुन् । तर जिल्लामा खासै नसुनिएका अमृत खड्काका बारेमा अहिलेका धेरै एमाले समेत अपरिचित भएको बुझिन आएको छ । त्यस्तै, खड्काले पार्टी र नेतालाई राम्रै रकम बुझाएर टिकट हत्याउन सफल भएको पनि बुझिन आएको छ । अनौपचारिक रुपमा कुसुन्तीस्थित एक चिया पसलमा नाम थाहा नभएका एक व्यक्तिले भने ‘अमृत खड्काले ५ करोड बुझाएर टिकट ल्याउन सफल भए ।’