दुई वर्षदेखि रोकिएको व्यापार मेला सञ्चालमा ल्याइने  

शनिबार, मंसिर ३, २०७९
मयुर प्लाई
Global Ime Bank

लेखनाथ । कोरोनाका कारण दुई वर्षदेखि रोकिएको राष्ट्रिय औद्योगिक व्यापार मेला यस वर्षदेखि सञ्चालनमा ल्याइने भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको नियमित कार्यक्रमका रूपमा प्रत्येक वर्ष सञ्चालन हँुदै आएको उक्त मेला मङ्सिर १६–२५ गतेसम्म सञ्चालनमा ल्याउन लागिएको हो । सङ्घद्वारा शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उक्त मेला सञ्चालनमा ल्याउन लागिएको जानकारी सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले दिए । 

कोरोनाको त्रास कम भई जनजीवन लयमा फर्केसँगै प्रदर्शनी केन्द्र नयाँबजारमा मेला आयोजना गर्न लागिएको उनले जानकारी दिए । ‘लगानीको संवद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने उद्घोषसहित मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ मेला समितिका सभापति नरेन्द्रकुमार प्रधानको संयोजकत्वमा दुई सय ५१ सदस्यीय मूल आयोजक र पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रजापतिको अध्यक्षतामा कार्यसम्पादन समिति गठन गरिएको छ । 
पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरूलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्देश्यले गर्न लागिएको मेलामा दुई सय ५० स्टल रहने बताइएको छ । 
मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा समर्पित रहेको सो अवसरमा बताइएको छ । मेलामा आकर्षणका रूपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको गतिविधिको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, शृङ्गारका सामानहरूको बिक्री वितरण रहनेछन् । 
मेलाको थप आकर्षणतर्फ सांस्कृतिक कार्यक्रम पनि समावेश छ । मेलाको प्रवेश टिकटका हकमा सर्वसाधारणका लागि रु एक सय एक र विद्यार्थीका लागि रु ६० कायम गरिएको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । मेलाबाट अनुमानित आम्दानी रु एक करोड र खर्च रु ८५ लाख कटाउँदा बाँकी रु १५ लाख बचत हुने अनुमान गरिएको छ । 

यस वर्षको मेला आयोजनाबाट बचत भएको रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि खर्च गरिने पनि सो अवसरमा जानकारी दिइएको छ । पोखरामा आयोजना हुने यो मेला नाफामूलक मात्र नभई यस क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन, औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने महान् उत्सव भएको पनि पत्रकार सम्मेलनमा बताइएको छ ।

भैरहवामा मङ्सिर २३ देखि लुम्बिनी राष्ट्रिय महोत्सव

‘पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ भैरहवामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव हुने भएको छ । सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घको आयोजनामा यही मङ्सिर २३ गतेदेखि पुस ४ गतेसम्म मेला हुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । 
सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले स्वदेशी, गुणस्तरीय वस्तु तथा सेवाहरूको उपभोगप्रति उपभोक्ताहरूलाई जागरुक बनाई सीमावर्ती बजारमा पाइने सामानहरू बीचको तुलनात्मक मूल्यका बारेमा उपभोक्ताहरूलाई जानकारी दिन मेलाको आयोजना गरिएको बताए । यसका साथै वर्तमान आर्थिक तरलताको अवस्थामा आर्थिक गतिविधि बढाउने पनि मेलाको उद्देश्य रहेको न्यौपानेको भनाइ छ ।
विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी व्यवसायीहरूले भाग लिने लुम्बिनी महोत्सव, २०७९ मा दुई सय ५० स्टल रहनेछन् । मेलामा आउने दर्शकलाई लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्विक पर्यटकीय क्षेत्रहरूमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था गराइने न्यौपानेले बताए ।
“महोत्सवबाट  आन्तरिक एवं बाह्य पर्यटकको आगमनमा वृद्घि हुने तथा भारतीय सीमावर्ती सहरबाट पनि सहभागिता हुने अपेक्षा रहेको छ”, मेला आयोजक मूल समितिका संयोजकसमेत रहनुभएका न्यौपानेले भने, “यसले पर्यटन प्रवद्र्धन एवं आर्थिक गतिविधिहरू चलायमान हुने विश्वास लिइएको छ ।”
सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले उपभोक्ता र उत्पादक एवं किसानहरूको प्रत्यक्ष भेटघाट हुने महोत्सवबाट यस भेगमा उत्पादित कृषिजन्य वस्तुहरू माछा तथा यस क्षेत्रका कुटिर, घरेलु एवं राष्ट्रियस्तरका उद्योगहरूबाट उत्पादित उत्पादनहरूको विशेष प्रस्तुतीकरण गरिने जानकारी दिए ।
करिब दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको १० दिने मेलामा करिब रु १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको श्रेष्ठले बताए । यसले महोत्सबाट थप अर्थिक गतिविधि चलायमान हुने उहाँको भनाइ छ । 

विसं २०६१ देखि दुई वर्षको अन्तरालमा उद्योग वाणिज्य सङ्घको आयोजनामा भैरहवामा लुम्बिनी पर्यटन महोत्सव हुँदै आएको छ । भूकम्प, मधेस आन्दोलन तथा गत वर्ष कोभिडका कारण निरन्तरता दिन नसकिए पनि अबका दिनमा यसलाई निरन्तरता दिने सङ्घका अध्यक्ष न्यौपानेले बताउनुभयो । भैरहवाको अञ्चलपुरमा सञ्चालन गरिने मेलाको प्रवेश शुल्क रु ५० तोकिएको छ । विद्यार्थीसँग रु ३० मात्र शुल्क लिने आयोजकले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  ०६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार