सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । रौटहट क्षेत्र नं १ का उम्मेदवारसमेत रहेका उनले गौर नगरपालिका–२ स्थित रामजानकी आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले लम्जुङको सुन्दरबजार नगरपालिका–८ को भारती सदन मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।
नेता खनालद्वारा मतदान
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा मताधिकारको प्रयोग गर्न आग्रह गरेका छन् ।
इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग उनले भने, “मुलुकको नेतृत्व पहिचान निर्वाचनले गर्ने भएकाले सबैले मतदान गर्नुपर्छ ।” उनी प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं १ बाट गठबन्धनका उम्मेदवार हुन् ।