स्याङ्जा चापाकोटको भानु माविमा रोकिएको मतदान सुरु

आइतबार, मंसिर ४, २०७९
मयुर प्लाई
Global Ime Bank

स्याङ्जा । राजनीतिक दलका प्रतिनिधिबीच विवाद हुँदा स्थगित भएको स्याङजाको चापाकोट नगरपालिका–१ आँधीचौधेरास्थित भानु माद्यामिक विद्यालयमा रहेको मतदानस्थलमा पुनः मतदान सुरु भएको छ ।

एमाले निकट वडा सदस्यले हातपात गरेपछि विवाद हुँदा मतदान स्थगित भएको थियो । कार्यकर्ताबीच विवाद चर्किदै जाँदा प्रहरीले सुरक्षाको लागि हवाइ फायरसमेत गरेको जनाएको छ । सर्वदलीय बैठक बसेपछि विवाद मिलाएर मतदान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १८:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार