पूर्वी नवलपरासीको देबचुली नगरपालिका–४ देबचुलीमा आज मतदान

सोमबार, मंसिर ५, २०७९
मयुर प्लाई
Global Ime Bank

मध्यविन्दु । पूर्वी नवलपरासीको देबचुली नगरपालिका–४ मा मतपेटिका जलाएका कारण रद्द गरिएको निर्वाचन आज हुने भएको छ । मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले हिजो स्थगित भएको सो वडामा अहिले बिहान ७ देखि साँझा ५ बजेसम्म मतदान हुने जानकारी दिए । स्थानीय नारायण भण्डारीले शान्ति सृजना आधारभूत विद्यालय मतदान केन्द्रको समानुपातिक मतपेटिका जलाएपछि त्यहाँ पुनः निर्वाचन हुने भएको हो । त्यहाँका निर्वाचन अधिकृत माधवराज गौतमले निर्वाचन रद्द गरिएको प्रतिवेदन जिल्ला निर्वाचन अधिकृतलाई बुझाइएको जानकारी दिए ।
गौतमका अनुसार स्थानीय नारायण भण्डारीले प्रदेश समानुपातिकतर्फको मतपेटिका जलाएका थिए । अन्य तीनवटा मतपेटिकामा मत खसालेपछि भण्डारीले अन्तिम मतपेटिकामा बडिलोसन (शरीरमा दल्ने औषधी) हालेर आगजनी गरेका हुन । नौ सय ८० मतदाता रहेको यस निर्वाचन केन्द्रमा सात सय मत खसेको थियो छ । आगजनी गरेपछि भण्डारी भागेका थिए । उनलाई करिब दुई किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए 
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  ०४:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार