ललितपुरका तीन वटै क्षेत्रमा मतगणना, क्षेत्र नं २ मा एमालेलाई सुरुवाती अग्रता 

सोमबार, मंसिर ५, २०७९

ललितपुर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतगणना ललितपुरका तीनवटै क्षेत्रमा सुरु भएको छ । निर्वाचन क्षेत्र नम्बर २ मा बिहान ६ बजेसम्को मतगणनामा एमालेले अग्रता कायम गरेको छ । एमालेले १३१७ मत ल्याउँदा उनलाई लौरो १०९७ मत सहित पञ्छयाएको छ । क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार नेकपा समाजवादीले  ८७७ मत मात्रै पाएका छन् । उक्त क्षेत्रमा हलो ६७६ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पाटी (घण्टी)ले ७९० मत पाएको छ । 
हालसम्म ४७८८ मत गणना भइसकेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । ललितपुर प्रतिनिधि क्षेत्र नं–१ को मतगणना गोदावरी नगरपालिकाको कार्यालयमा भइरहेको छ । क्षोत्र नं १ मा विशंखु नारायणाबाट गणाना सुरू भएको छ । यस्तै प्रदेशततर्फ १ क को लेलेबाट गणना सुरु भएको छ ।  क्षेत्र नं–२ को मतगणना नेपाल तेक्वान्दो संघको कार्यालय सातदोबाटो तथा क्षेत्र नं–३ को मतगणना स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा जारी छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  ०८:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार