ललितपुर-२ मा गठबन्धनका उम्मेदवारलाई फराकिलो अन्तरले पछि पार्दै एमाले, लौरोले पच्छ्याउँदै  

सोमबार, मंसिर ५, २०७९

सातदोबाटो । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नं २ मा एमालेले फराकिलो अन्तरले अगाडि बढिरहेको छ । हालसम्म गणना भएको मतमा एमालेका उम्मेदवारले २९८० पाएका छन् भने हाम्रो नेपाल पार्टीका लौरोले २४९७ ल्याउँदै सूर्यलाई पच्छ्याइरहेका छन् । गठबन्धनतर्फका साझा उम्मेदवार नेकपा एसले १४७७ मत पाएका छन् । गठबन्धनलाई राप्रपा तथा राष्ट्रिय स्वतन्त्र पार्टी घण्टीले पच्छ्याइ रहेको छन् । घण्टीले १४९० मत पाएको छ भने राप्रपाले १४२६ मत पाएको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  ०९:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार