काठमाडौँ क्षेत्र नं ६ मा घण्टीका शिशिर खनाललाई सुरुवाती अग्रता

राजनीतिमा पहिलो प्रयासमै मतदाताको मन जित्न सफल
सोमबार, मंसिर ५, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ६ को मतगणना शुरु भएको छ । उक्त क्षेत्रको  मतगणना स्थल धर्मस्थलीमा आज बिहान १० बजेदेखि मतगणना शुरु भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन् ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले परम्परागत पार्टीका उम्मेदवारहरुलाई पछि पार्दै अग्रता कायम गरेका छन् । टोखाका एभरेष्ट स्कुल तथा पब्लिक स्कुल बुथका १०० मत गणना हुँदा घण्टीले  ४० मत पाएको छ । उनलाई अर्का खनाल थरका उम्मेदवार नेकपा एमालेका सर्वाेन्द्र खनालले २४ मत ल्याउँदै पच्छ्याएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका निवर्तमान सांसद भीमसेना दासले १८ मत पाएका छन् । यस्तै राप्रपाले १० मत पाएको छ । माछाले ३, छाताले दुई मत पाएका छन् ।  २ मत बदर भएको प्राप्त जानकारीमा उल्लेख छ ।  
यसैगरी केही बेरअघिदेखि काठमाडौँ क्षेत्र नं १ को पनि मतगणना शुरु भएको छ । त्यस क्षेत्रमा कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाबाट रवीन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलगायतका उम्मेदवार छन् । 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  ११:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार