सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनको मत गणना जारी छ । काठमाडौं क्षेत्र नं–६ मा भइरहेको मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रतालाई बढाउँदै लगेका छन् । पछिल्लो विवराण् अनुसार घण्टीका शिशिर खनालले आफ्ना प्रतिस्पर्धीलाई झण्डै दोब्बर मतान्तरले पछि पार्दै गएका छन् । हालसम्म गणना भएको ३०० मतमा घण्टीका शिशिरले ११४ मत पाएका छन् भने उनलाई नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले पच्छ्याइ रहेका छन् । सर्वेन्द्रले ७१ म्त पाएका छन् भने गठबन्धनका साझा उम्मेदवार निवर्तमान सांसद पूर्वमन्त्री भीमसेन दासको ६४ मत पाएका छन् । यस्तै हलोले २० मत पाएको छ । काठमाडौंको काठ क्षेत्रमा दलहरुले विकास निर्माणमा गरेको वेवास्ता तथा भरखरका युवा तथा अधवैंशे मतदाताले युवा पुस्तालाई मन पराएको देखिएको छ । परम्परागत शक्तिले मतदातालाई गरेको इग्नोरलाई यस पटक मतदाताले राम्रै सवक सिकाएको अहिले सम्म गणना भएको मतले देखाएको छ ।