डिसहोमले फिफा विश्वकप २ के रिजोलुसनमा प्रशारण गर्ने

सोमबार, मंसिर ५, २०७९
मयुर प्लाई
Global Ime Bank

डिश मिडिया नेटवर्कले आफ्नो फिफा विश्वकप २०२२ अभियान ‘फिल द म्याजिक अफ फुटबल इन डिशहोम’ अभियान शुरु गरेको छ । नेपालको एक मात्र DTH कम्पनी डिशहोमले लामो समयदेखि प्रतिक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रशारण गर्नेछ । हरेक चार चार वर्षमा हुने विश्वकप फुटबललाई नेपाली फुटबलका फ्यानहरुले हर्षोल्लासका साथ स्वागत गर्ने गरेका छन् ।

316096302_842404117007989_871168012047432626_n1669014082.jpgनेपाली सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरुको गतिबिधिलाई मध्यनजर गर्दै डिशहोमले धेरै उपहारहरुसहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियानहरु जारी गरेको छ । अभियानमा सहभागी हुनका लागि सहभागीहरुले डिशहोमको फेसबुक पेजमा गइ पोस्टमा #MagicalMomentsof उनीहरुको मनपर्ने टिम जस्तै, MagicalMomentsofPortugal) प्रयोग गर्नुपर्नेछ । साथै आफूले समर्थन जनाएको देशको म्याजिकल क्षणहरुको भिडियो क्लिप वा फोटो पोस्ट गर्नुपर्नेछ ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १२:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार