प्रमुख आयुक्तसँग जापानी परराष्ट्रराज्यमन्त्रीको शिष्टाचार भेटवार्ता

सोमबार, मंसिर ५, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आउनुभएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गरेको छ ।

Pro_Ktm_ECN_JAPAN-91669016234.jpg

भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो । राज्यमन्त्री ताकेइले नेपालमा मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रक्रियाको प्रशंसा गरे भने प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा जापानी प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरे ।

Pro_Ktm_ECN_JAPAN-6-11669016234.jpg

सो अवसरमा आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिवहरू तथा नेपालका लागि जापानका राजदूत किकुता युताकासहितको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार