कर्णाली प्रदेशमा ५१ देखि ७६ प्रतिशत मत खस्यो 

सोमबार, मंसिर ५, २०७९
मयुर प्लाई
Global Ime Bank

कर्णाली । कर्णाली प्रदेशका १० जिल्लाको मतदान कार्य सम्पन्न भएको छ । जिल्लास्थित मुख्य निर्वाचन अधिकृत तथा प्रमुख जिल्ला अधिकारीका अनुसार चुनाव भयरहित, व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको हो । जुम्लाका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले ६५ र सल्यानका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले ५३ प्रतिशत मत खसेको बताए । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कूल मतमा ६२ दशमवल ८३, रुकुम पश्चिमका प्रजिअ परमानन्द घिमिरेका अनुसार ५८ दशमलव चार प्रतिशत मत खसेको छ ।
कालीकोटका प्रजिअ रामहरि शर्माले ५७ दशमलव ८७, मुगुका प्रजिअ रोमबहादुर महतले ७४ दशमलव ४९ र डोल्पाका प्रजिअ वेदनिधि अधिकारीले ७४ दशमलव ९३ प्रतिशत मत खसेको बताए ।  जाजरकोटका प्रजिअ अन्जन न्यौपानेले ६२ दशमलव ९२ र हुम्लाका प्रजिअ सीता परियारले ७६ दशमलव ३७ प्रतिशत खसेको बताउनुभयो । दैलेखका प्रजिअ गोगनबहादुर हमालका अनुसार कुल मतको ५१ दशमलव ४४ प्रतिशत मत खसेको छ । 

दाङमा मतगणना तयारी गरिँदै 
 
दाङमा साढे दुई लाख बढी मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार चार लाख १४ हजार नौ सय ४६ मतदातामध्ये तीन क्षेत्रमा गरी दुई लाख ५० हजार पाँच सय ४३ मत खसेको हो । 
दाङ क्षेत्र नं १ मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये ८० हजार सात सय, क्षेत्र नं २ मा एक लाख ३३ हजार सात सय ४८ मतदातामध्ये ७९ हजार चार सय ४६ र क्षेत्र नं ३ मा एक लाख ४६ हजार चारसय ७५ मतदातामध्ये ९० हजार एक सय ५० मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकोछ । 
त्यस्तै तुलसीपुर कारागार अस्थायी मतदान केन्द्रमा तीन सय १४ मतदातामध्ये एक सय ३६ मत खसेको छ, भने अस्थायी मतदान केन्द्र घोराहीमा चार सय २८ मतदातामध्ये एक सय ११ जनाले मतदान गरेका छन् । 
यसैबीच जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याई राति अबेरसम्म रुजु गर्ने काम सम्पन्न भएको र केही समयपछि मतगणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
दाङ क्षेत्र नं १ को लमही नगरपालिका, क्षेत्र नं २ को जिल्ला समन्वय समितिको हल घोराही र क्षेत्र नं ३ को भू–तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरमा मतगणना हुँदैछ । जिल्लामा प्रतिनिधिसभाका लागि ४३ उम्मेदवार छन्, भने प्रदेशसभाका लागि ४६ उम्मेदवार छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार