सोसल मिडिया
Contact Us
युनिकोड
बज्रबाराही । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको जारी मतगणनामा ललितपुर क्षेत्र नं १ मा एमालेका उम्मेदवार नवराज सिलवालले मतान्तार बढाउँदै लगेका छन् । गोदावरी नगरपालिका वडा नं २ र ३ गणना गर्दा उनी झण्डै साढे १२ सय मतले अगाडि छन् । उनले २९४३ मत पाउँदा उनलाई गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले १६८० मतसहित पच्छयाइरहेका छन् । यहाँ २०९ मत बदर भएको निर्वाचन कार्यालय गोदावरीले जानकारी दिएको छ । प्रदेश सभा कतर्फ ३५९५ मत गणना हुँदा एमालेका मधुसूधन पौडेलले २०५० मत पाएका छन् भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका हरि दहालले १७६५ मत पाएका छन् । यो क्षेत्रमा हलोले ४२३, कुखुराको भाले ३८ मत, गुलेलीले १८ मत पाएको छ । यो क्षेत्रमा १४८ मत बदर भएको छ । १ को ‘ख’ तर्फ गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका युवा नेता मीनकृष्ण मजर्हनले अग्रता कायम गरेका छन् । अहिलेसम्म बाग्मती गाउँपालिका आश्राङ, प्युटार तथा गिम्दीको मत गणना भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार मीनकृष्ण महर्जन एमालेका उम्मेदवार भन्दा ३६९ मतले अगाडि छन् । बागमती गाउँपालिकाको आश्राङमा मीनकृष्ण महर्जनले ४०८ मत ल्याउँदा उनलाई एमालेका उम्मेदवार चेतनाथ सञ्जेलले ३५९ मत ल्याउँदै पच्छ्याइरहेका छन् । यस्तै बाग्मती गाउँपालिकाकै प्युटारमा मीनकष्णले ७११ मत ल्याए भने निवर्तमान सांसद चेतनाथले ४३४ मत पाए । यस्तै गिम्दीमा मीनकृष्ण महर्जनले ७३२ मत पाए भने एमालेका चेतनाथ सञ्जेलले ६९९ मत पाएका छन् ।