दाङ–२ मा लोकतान्त्रिक गठबन्धनका रेखाको सुरुआती अग्रता

सोमबार, मंसिर ५, २०७९
मयुर प्लाई
Global Ime Bank

दाङ । दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रेखा शर्माले सुरुआती अग्रता लिएका छन् ।  दुई हजार सात सय ८० मत गणना हुँदा उनले एक हजार चार सय ५० मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का शङ्कर पोखरेलले आठ सय ४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । यो क्षेत्रमा एक लाख ३३ हजार सात सय ४८ मतदाता रहेकामा ७९ हजार चार सय ४६ मत खसेको थियो । यस क्षेत्रको मतगणना घोराहीस्थित जिल्ला समन्वय समितिकोे हलमा जारी छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १६:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार