काठमाडौँ–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ अघि

सोमबार, मंसिर ५, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कृष्णगोपाल श्रेष्ठ एक हजार एक सय ४४ मतसहित अगाडि छन् ।  
नौ मतले पछि पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल एक हजार एक सय ३५ मतसहित दोस्रो स्थानमा छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी कल्पना धमलाले पाँच सय ३५ प्राप्त गरेका थिए । दिउँसो ३ बजेसम्म यस क्षेत्रमा चार हजार मतगणना सम्पन्न भएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार