काठमाडौँ १ मा प्रकाशमानसिंह विजयी, मतान्तार १२९ मात्रै

मंगलबार, मंसिर ६, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । 
सिंहले प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रबीन्द्र मिश्रलाई एक सय २९ मतले पराजित गरे । सिंहले सात हजार एक सय ४० मत ल्याए । साथै, मिश्रले सात हजार ११ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
गत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए । तत्कालीन समयमा कांग्रेसका सिंहले १० हजार नौ सय ३६ मत प्राप्त गरेका थिए भने विवेकशिल साझा पार्टीका उम्मेदवार मिश्रले १० हजार एक सय १८ मत प्राप्त गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०३:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार