कास्की १ मा कांग्रेस, २ र ३ मा रास्वपाको अग्रता

मंगलबार, मंसिर ६, २०७९
मयुर प्लाई
Global Ime Bank

गण्डकी ।  कास्की निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेस र क्षेत्र नं २ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेका छन् । जारी मतगणनामा कास्की क्षेत्र नं १ मा दुई हजार ६९३ मत गणना हुँदा नेपाली कांग्रेसका किशोरदत्त बरालले एक हजार २८१ मतसहित अग्रता लिनुभएको छ । नेकपा एमालेका मनबहादुर गुरुङले एक हजार नौ मतसहित उहाँलाई पछ्याउनुभएको छ ।

क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले एक हजार ५५२ मतसहित अग्रता लिनुभएको छ भने नेकपा एमालेका विद्या भट्टराईले एक हजार २५५ मतसहित उहाँलाई पछ्याउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालले ८४५ मत ल्याउनुभएको छ ।

कास्की क्षेत्र नं ३ मा चार हजार १६७ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल एक हजार ५९१ मतसहित अघि हुनुहुन्छ भने नेकपा एमालेका दामोदर पौडेल बैरागीले एक हजार २२८ मतसहित उहाँलाई पछ्याउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का रामजीप्रसाद बरालले ६१२ मत पाउनुभएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०४:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार