काभ्रेमा राति ११ः३० बाट गणना सुरु

मंगलबार, मंसिर ६, २०७९
मयुर प्लाई
Global Ime Bank

काभ्रेपलाञ्चोक । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना काभ्रेपलाञ्चोकमा आज राति ११ः३० बाट सुरु भएको छ । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छन् । सदरमुकाम धुलिखेलस्थित शैक्षिक तालिम केन्द्रमा प्रतिनिधिसभा क्षेत्र नं २ बाट मतगणना सुरु भएको हो ।

उम्मेदवारसहित प्रतिनिधिसभा क्षेत्रस्तरीय राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखको उपस्थितिमा सोमबार दिउँसो सम्पन्न बैठकले साँझ छ बजे मतगणना सुरु गर्ने निर्णय गरेको थियो । तर सोही स्थानमा अर्को एक गणनास्थलको तयारी भएपछि मतगणना सुरु हुन पाँच घण्टा ढिला भएको हो ।

बैठकले पहिलो चरणमा प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फ र दोस्रो चरणमा प्रदेशसभा प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना गर्ने निर्णय गरेको हो । मतगणना वडागत रुपमा गरिनेछ । यस्तै, काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना राति ११ बजेदेखि पनौती नगरपालिकाको सभाकक्षमा मतगणना सुरु गर्ने निर्णय भए पनि मतगणनास्थल थप व्यवस्थित बनाउनुपर्ने भएकाल मङ्गलबार विहानदेखि मात्रै सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यसअघि पनि दुवै क्षेत्रका मतगणनास्थलमा तालजाली एवं सिसिटिभी क्यामरा जडान गरी व्यवस्थित गरिएको थियो । काभ्रेपलाञ्चोकमा प्रतिनिधिर प्रदेशसभाका छ पदका लागि ६४ ले उम्मेदवारी दर्ता गराएका थिए । जिल्लाका एक लाख ५७ हजार ९४७ पुरुष, एक लाख ५२ हजार ११४ महिला र अन्य दुई मतदाता गरी कुल तीन लाख १० हजार ६३ मतदातामध्ये एक लाख ८६ हजार ९३५ जनाले मतलान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०४:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार