सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । ललितपुरको पछिल्लो मतगणनाअनुसार क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का उम्मेदवार र प्रदेशसभातर्फ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । सोमबार राति साढे आठ बजेसम्म कूल नौ हजार सात सय ७१ मत गन्दा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका नवराज सिलवालले चार हजार छ सय १२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर जबराले तीन हजार छ सय १३ मत प्राप्त गरे । ललितपुर क्षेत्र नम्बर १ (१) प्रदेशसभा सदस्यतर्फ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का हरि दाहालले तीन हजार ८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका मधुसुधन पौडेलले दुई हजार छ सय ८५ मत प्राप्त गरे । ललितपुर क्षेत्र नम्बर १ (२) मा प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेसका मीनकृष्ण महर्जनले तीन हजार चार सय ९३ मत प्राप्त गरी अग्रता लिएका छन् । महर्जनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चेतनाथ सञ्जेलले तीन हजार १० मत प्राप्त गरेका छन् ।