बाग्लुङ–२ मा माओवादी केन्द्रका देवेन्द्र पौडेल र  १ मा जनमोर्चाका चित्रबहादुर केसी अगाडि 

मंगलबार, मंसिर ६, २०७९
मयुर प्लाई
Global Ime Bank

ढोरपाटन ।  बाग्लुङ क्षेत्र नं २ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेलले अग्रता फराकिलो बनाएका छन् ।  प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतगणनामा पौडेलले एक हजार नौ सय नौ मत प्राप्त गरेका छन् । प्रतिद्वन्द्वी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले एक हजार ३५ मत प्राप्त गरेकी छन् । 

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार जित शेरचन दुई हजार नौ सय ९५ मतसहित अग्रस्थानमा छन् । उनलाई  स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरले दुई हजार सात सय ५९ मतसहित पछ्याइरहेका छन् । 
साथै, प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुवँर चार हजार दुई सय ८३ मतसहित अग्रस्थानमा छन् भने एमालेका लक्ष्मण पुन तीन हजार पाँच सय ६८ मतसहित दोस्रो स्थानमा छन् । 

बाग्लुङ–१ मा जनमोर्चाका चित्रबहादुर केसी अगाडि

बाग्लुङ निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले जारी मतगणनामा अग्रता कायमै राखेका छन् । प्रतिनिधिसभा सदस्यको मतगणनामा केसीले एक हजार नौ सय ८५ मत प्राप्त गरेका छन् भने उनलाई नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले एक हजार सात सय ५५ मतसहित पछ्याइरहेका छन् ।
विहान ३ः३० बजेसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ सय ११, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले ७०, नेपाली कांग्रेस विपीका शिवलाल सापकोटाले तीन र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले १३ मत प्राप्त गरेका छन् । हालसम्म एक सय ८० मत बदर भएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०५:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार