सिन्धुपाल्चोक–१ मा एमालेका नेपाल र २ मा कांग्रेसका बस्नेत अगाडि

मंगलबार, मंसिर ६, २०७९
मयुर प्लाई
Global Ime Bank

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । प्रारम्भिक मतपरिणाम अनुसार क्षेत्र नं १ मा चार हजार ८३८ मत गन्दा नेकपा एमालेका सरेश नेपालले दुई हजार ३५ मत प्राप्त गरेका छन् । 
त्यस्तै लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटाले एक हजार ८८४ मत प्राप्त गरेका छन् । 
क्षेत्र नं १ प्रदेस १ मा कांग्रेसका मसिना खड्का ७२२ र एमालेका युद्धविक्रम लामाले ७११ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर २ प्रदेशसभा १ मा नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल दुई हजार १६३ नेकपा एमालेका अमान सिं तामाङले एक हजार २४८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै समानुपातिक मत गणना पनि जारी रहेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिए । 
सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गरेका छन् । जारी मतगणनामा बस्नेतले दुई हजार दुई सय ३६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले एक हजार दुई सय ८६ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०५:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार