सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणा पछिल्लो गणनामा प्रतिस्पर्धी एमालेका उम्मेदवार नवराज सिलवाल भन्दा अघि बढेका छन् । मतगणनाको सुरुवातदेखि पछि परेका राणाले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार निवर्तमान सासद सिलवाललाई पछाडि पार्दै अग्रता लिएका हुन् । चापागाउँ क्षेत्रमा आएपछि उदयको पक्षमा जनलहर देखिएको हो । काँठ क्षेत्र तथा पहाडी भूभागमा उदय एमालेका उम्मेदवार भन्दा धेरै मतले पछि थिए । सुरुवातमा करिव दुई हजारको मतान्तरले राणा पछि परेका थिए तर उनले उक्त मतान्तर उल्टाउँदै एमाले उम्मेदवार सिलवाललाई उछिनेका छन् । जारी मतगणनामा कांग्रेस उम्मेदवार राणाले १२ हजार ९२४ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार सिलवालले १२ हजार ३३५ मत पाएका छन् । राणा ५९९ मतले अगाडि छन् ।