काठमाडौँ १० मा कांग्रेसका केसी अघि

मंगलबार, मंसिर ६, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १० मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी अग्रस्थानमा छन् । पछिल्लो मतगणनाको परिणामअनुसार उनले चार हजार आठ सय एक मत प्राप्त गरेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीक प्रदीप विष्टले तीन हजार तीन सय ७८ मत प्राप्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का हिमेस केसीले दुई हजार आठ सय ८२ मत प्राप्त गरेको छ । मुख्य निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार अहिलेसम्म १६ हजार आठ सय १५ मत गणना सकिएको छ । ती मध्ये छ सय ९९ मत बदर भएको छ । निर्वाचनमा ५३ हजार छ सय ४५ मत खसेको थियो । उक्त क्षेत्रमा १८ दलका र तीन  स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार