बैतडीमा एमालेको अग्रता

मंगलबार, मंसिर ६, २०७९
मयुर प्लाई
Global Ime Bank

बैतडी । बैतडीमा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का दामोदर भण्डारीको अग्रता कायमै रहेको छ । सात हजार पाँच सय ५० मत गणना हुँदा भण्डारीले तीन हजार पाँच सय ९६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए । उनलाई गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का नरेन्द्र कुँवर (विजयसुन्दर)ले तीन हजार २९ मतका साथ पछ्याइरहेको छ । बैतडीमा प्रतिनिधिसभामा एकमात्रै क्षेत्र हो ।

यस्तै  प्रदेशसभा (१) मा सात हजार तीन सय मतगणना हुँदा एमालेका सुरेन्द्र पालले दुई हजार तीन सय ३६ मत प्राप्त गरेको छ । उनको पछिपछि रहँदै स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले दुई हजार एक सय ६३ मत पाएको छ । यसैगरी तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका वीरबहादुर बिष्टले एक हजार तीन सय ३६ मत प्राप्त गरेको छ ।

यस्तै प्रदेशसभा (२) मा भने कांग्रेस अगाडि छ । आठ हजार छ सय ९५ मतगणना हुँदा नेपाली कांग्रेसका शिवराज भट्टले तीन हजार नौ सय ६० मत ल्याउँदा नेकपा एमालेका लीलाधर भट्टले तीन हजार आठ सय ७० मत प्राप्त गरे ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ११:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार