सोसल मिडिया
Contact Us
युनिकोड
भैरहवा । रुपन्देहीको पाँचवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि गृहमन्त्री बालकृष्ण खाणको पनि उम्मेदवारी परेको हुँदा अहिले यो क्षेत्रलाई सर्वाधिक चासोका साथ हेरिएको छ ।
रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा मायादेवी गाउँपालिका–७ र ८ तथा तिलोत्तमा नगरपालिका–१४ को मतगणना सकिएको छ । तीनवटा वडाको मतगणनाको परिणाम आउँदा गृहमन्त्री बालकृष्ण खाणले अग्रता कायम गरेको छ । यी तीनवटै वडाको मिलाएर नौ हजार एक सय ३९ मतको गणना हुँदा खाणले तीन हजार चार सय २४ मत पाएको छ । उनीका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले तीन हजार तीन सय ७१ मतले खाणलाई पछ्याई रहेको छ ।