सप्तरी-२ मा सिके राउत ७ हजारभन्दा बढी मतले अघि

मंगलबार, मंसिर ६, २०७९
मयुर प्लाई
Global Ime Bank

सप्तरी । सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले झण्डै ७ हजार २ सय मतको अग्रता लिएका छन् । हालसम्मको गणनामा राउतले १४ हजार ४ सय ६८ मत ल्याएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने ७ हजार २ सय ७१ मतसहित दोस्रो स्थानमा छन्।

राउत र यादवबीचको मतान्तर ७१९७ रहेको छ। राउत सुरूदेखि नै फराकिलो अग्रता लिएका छन्। सत्ता गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २९२८ मत ल्याएका छन्।

मतगणना अहिले जारी छ।

 

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार