रुपन्देही–३ मा खाणलाई पछि पारे बोहोराले

मंगलबार, मंसिर ६, २०७९
मयुर प्लाई
Global Ime Bank

रुपन्देही । रुपन्देही क्षेत्र नं ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पछि पार्र्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले अग्रता लिएको छ ।

सहायक निर्वाचन अधिकृत शोभाखर खरेलका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ १० हजार ६ सय ४० मत गणना हुँदा गृहमन्त्री खाण दुई सय ५२ मतले पछाडि छन् । राप्रपाका उम्मेदवार बोहरा चार हजार एक सय ७० मतका साथ अगाडि छन् भने सत्ता गठबन्धनका उम्मेदवार खाण तीन हजार नौ सय १९ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । 

प्रदेशसभातर्फ ३ (१) को  मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे तीन हजार ६७ मतका साथ अग्रता लिएको छ भने जनता समाजवादी पार्टीका महेन्द्र यादव दुई हजार एक सय २८ मतका साथ दोस्रो स्थानमा छन् । यो क्षेत्रमा अहिलेसम्म छ सय १३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कूल एक लाख ३२ हजार सात सय ९१ मतदाता रहेको यस क्षेत्रमा एक सय ४८ मतदान केन्द्रबाट ९२ हजार नौ सय ७२ मत खसेको थियो । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १२:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार