काठमाडौँ–७   :  राष्ट्रिय स्वतन्त्र पार्टीका  गणेश पराजुलीको अग्रता कायमै 

मंगलबार, मंसिर ६, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ,  ।   काठमाडौँ निर्वाचन क्षेत्र नंं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायम राख्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार पराजुलीले तीन हजार चार सय ४५ मत प्राप्त गरी अग्रता लिएका निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिए  । कूल १४ हजार सात सय ३१ मतगणना हुँदा दोस्रो मत नेकपा ९एमाले०का उम्मेदवार श्यामकुमार घिमिरेले प्राप्त गर्रेका  छन्  । घिमिरेले तीन हजार तीन सय ५४ र लोकतान्त्रिक वाम–गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले दुई हजार ६ सय ९६ मत प्राप्त गर्ेको  निर्वाचन अधिकृत श्रेष्ठले बताए  ।    काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभामा २९ जना उम्मेदवार प्रतिस्पर्धामा  छन्  । जसमा १३ जना विभिन्न राजनीतिक दल र १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ । काठमाडौँको ठमेलदेखि नुवाकोटको ककनीसम्म फैलिएको उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ म्तदान केन्द्रमा मतदान भएको थियो । ६१ हजार दुई सय ९२ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३७ हजार ६ सय मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका  थिए ।   
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १४:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार