सोसल मिडिया
Contact Us
युनिकोड
पथरी । मोरङ क्षेत्र नं ३ (१) मा मानबहादुर लिम्बूको अग्रता कायमै रहेको छ । प्रदेशसभा सदस्यको कूल १२ हजार दुई सय ४९ मत गन्दा वाम–लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका मानबहादुर लिम्बूले चार हजार आठ सय १० मत प्राप्त गरेको छ । त्यस्तै नेकपा(एमाले)का दिलीपकुमार राईले चार हजार तीन सय आठ मत पाएको छ भने राप्रपाका तीर्थबहादुर गुरुङले एक हजार सात सय १० मत प्राप्त गरेको छ ।
प्रदेशतर्फ जम्मा ७५ हजार तीन सय ९३ मतदाता रहेको मोरङ क्षेत्र नं ३ (१) मा ९७ हजार चार सय ६८ खसेको छ । मोरङ क्षेत्र नं ३ मा पथरी शनिश्चरे नगरपालिका–८, बेलबारी नगरपालिका–२ र कानेपोखरी गाउँपालिका–४ गरी १४ वटा वडा रहेका छन् । जम्मा तीन ठाउँ मतगणना सुरु भएको मोरङ क्षेत्र नं ३ का निर्वाचन अधिकृत रामहरि काफ्लेले जानकारी दिए।