सोसल मिडिया
Contact Us
युनिकोड
डडेल्धुरा । पछिल्लो मत परिणामअनुसार डडेल्धुरामा प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवा अग्रस्थानमा छन् । सुरुआती चरणमावाट नै अगाडि देखिएका प्रधानमन्त्री देउवा १९ हजार पाँच सय ९६ मत गणना हुँदा नौ हजार सात सय ७३ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पाँच हजार एक सय ९३ मत ल्याएर पछ्याइरहेको छ ।
प्रधानमन्त्री देउवा र स्वतन्त्र उम्मेदवार सागरबीच चार हजार पाँच सय ८० मतको फरक रहेको छ । यस्तै नेपाली कांग्रेस विपीका उम्मेदवार कर्णबहादुर मल्ललाई दुई हजार ६ सय ९४ मत प्राप्त भएको छ ।