यो जित मतदाता र  एमाले को हो  :  कृष्णगोपाल श्रेष्ठ  

मंगलबार, मंसिर ६, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौ निर्वाचन क्षेत्र नं ९ बाट दोस्रो जित हासिल गरेका  एमाले नेता कृष्णगोपाल श्रेष्ठले आफ्नो जित सम्पुर्ण मतदाताको जित भएको बताएका  छन्  । निर्वाचन अघि खुलेको  राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार टेकबहादुर पोखरेललाई ९ सय ९५ मतले पछि पार्दै आठौं पटक उम्मेदवारी बनेर चौथो जित हासिल गर्न सफल श्रेष्ठले यो जित आफ्नो नभै सम्पुर्ण मतदाताको जित भएको बताएका  छन्  ।  316272892_2056770031380134_6092191785943222386_n1669115240.jpg  विजयी लगत्तै उनले भने –गएको निर्वाचनमा  मेरा मतदाताले जसरी अगाध मायाले मत दिएर विजयी गराउनुभएको थियो, यो निर्वाचनमा पनि त्यसरीनै विजयी गराउनुभएकोमा सबै मतदातालाई धन्यवाद दिन चाहन्छु । यो जित मेरो मात्र होइन सम्पुर्ण राष्ट्रवादी जनताको हो , नेकपा एमालेको हो–उनले भने     विजयी लगत्तै प्रतिकृया दिदै उनले भन्नुभयो–मलाई अझै उत्साह थपिएको छ, अब जनताको घर घरमा गएर थप काम गर्नेछु । जनताको योजना अनुसार विकास निर्माणको गतिलाई थप तिब्रगतिमा लौजानेछु ।      काठमाडौं क्षेत्र नम्बर ९ मा ४३ हजार ६७ मत  खसेको थियो । श्रेष्ठले११ हजार ९ सय ५६ मत ल्याएर विजयी  भएका   हुन्  । उनको  प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्र्टीका टेकवहादुर पोखरेल १० हजार ९ सय ६१ मत ल्याएका थिए । 
गठबन्धनबाट उम्मेदवार  भएकी माओवादी केन्द्रकी  धमलाले ६ हजार ४ सय २ मत पाइन्   । बिसं २०४८ पछि भएको निर्वाचनमा  आठ पटक उम्मेदवार बनेका  श्रेष्ठ एमालेका स्थायी कमिटी  सदस्य हुन्  । यसअघि तत्कालीन ओली सरकारका शहरी विकास, शिक्षा , विज्ञान तथा प्रबिधि, वन तथा वातावरण,स्वाथ्य तथा जनसंख्या,श्रम रोजगार तथा सामाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्री बन्ने भाग्यमानी नेता  मानिन्छन्  । श्रेष्ठले यसअघि २०४८, २०५१, २०७४ र यो निर्वाचनमा विजयी हासिल गरेका  थिए  ।    निर्वाचित भए लगत्तै श्रेष्ठले बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्र्यार्पण गरेका  छन्  

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार