इन्डोनेसियाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २६८ पुग्यो, १५१ अझै बेपत्ता 

मंगलबार, मंसिर ६, २०७९
मयुर प्लाई
Global Ime Bank

जाकार्ता  ।  पश्चिमी इन्डोनेसियामा सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २६८ पुगेको छ भने १५१ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीले मङ्गलबार बताएका छन् ।  राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख सुहर्यान्तोले पत्रकार सम्मेलनमा  बताएअनुसार “मृत्यु हुनेको सङ्ख्या २६८ पुगेको छ ।  
सोमबार इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा गएको ५।६ म्याग्निच्युडको भूकम्पले पनि १,०८३ जना घाइते भएका र ५८,३६२ जनालाई घरबाट भाग्न बाध्य बनाएको थियो।  भूकम्पले २१,००० भन्दा बढी घर र पूर्वाधारमा क्षति पुगेकोबताइएको छ। भूकम्पपीडितको खोजी तथा उद्धार कार्य अझै जारी रहेको सुहर्यान्तोले बताएका छन्  ।  
यसअघि मङ्गलबार इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले अधिकारीहरूलाई  उद्धारकार्यलाई  तीव्रता दिन  र प्राथमिकता दिन र पीडितको उद्धार गर्न आग्रह गरेका थिए। 
भूकम्पबाट क्षति भएका घरलाई सरकारले करिब एक करोड रुपैयाँदेखि पाँच करोड रुपैयाँसम्मको क्षतिपूर्ति दिने घोषणा गरेको छ ।  राष्ट्रपतिले भूकम्प प्रभावित क्षेत्रको भ्रमणका क्रममा  सो गोषणा गरेका हुन्  । विडोडोले निर्माण गर्नुपर्ने नयाँ घर भूकम्प प्रतिरोधी हुनुपर्नेमा जोड दिएका छन् ।  सोमबार जकार्ता समय १३.२१ मा गएको भूकम्पको केन्द्रबिन्दु पश्चिमी जाभा प्रान्तको सिआनजुर जिल्लाको १० किलोमिटर  दक्षिणपश्चिममा र १० किलोमिटर गहिराइमा रहेको मौसम विज्ञान, मौसम विज्ञान र भूभौतिक निकायले जनाएको छ।      
(

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार