ललितपुर–१ क मा एमालेका मधुसूदन पौडेल र ख मा कांग्रेसका मीनकृष्ण महर्जन विजयी 

मंगलबार, मंसिर ६, २०७९

ललिपतुर । ललितपुर क्षेत्र नं १ को प्रदेशसभातर्फका दुवै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । निर्वाचन कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार ललितपुर क्षेत्र नं १ (क) मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का  मधुसूदन पौडेल तथा १ ख मा नेपाली काँग्रेसका मीनकृष्ण महर्जन विजयी भएका छन् । ललितपुर क्षेत्र नं १ (क)  मा २४८३७ मत खसेकोमा २३९९४ मत सदर भएको थियो । खसेको मत मध्ये ८४३ मत बदर भएको थियो । सदर मतमध्ये एमालेका मधुसुदर पौडेलले ११२९९ मत पाए भने 

madhu sudan1669131817.jpg
उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका हरि दाहालले ८६५६ मत प्राप्त गरे । सोही क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ंहुमा पाण्डेयले ३३८९ मत प्राप्त गरिन् । 

प्रदेशसभाका लागि प्रतिस्पर्धामा रहेका राप्रपाका हुमा पाण्डेयले तीन हजार तीन  सय ८९, नेमकिपाका बुद्ध लामाले एक सय ९४, मङ्गोल नेशनल अर्गनाइजेशनका सुरेश मार्फाले एक सय ५६, स्वतन्त्र उम्मेदवार कुमार तिमल्सेनाले २४ मत प्राप्त गरे । प्रदेश सभामा उम्मेदवार बनेका चीनबहादुर तामाङले ४३, ठक्कर घिमिरेले १२, दीपेशकुमार खत्रीले एक सय २४, नारायण खड्काले आठ, रामहरि घिमिरेले २४ र श्यामकुमार घिमिरेले ६५ मत प्राप्त गरे । 
कुल ३६ हजार सात सय ८३ मत रहेको यस क्षेत्रमा २४ हजार आठ सय ३७ मत खसेको थियो । यहाँ २३ हजार नौ सय ९४ मत सदर र आठ सय ४३ मत बदर भएको थियो । 
यता, सोही क्षेत्रको प्रदेशसभा (ख) तर्फ नेपाली कांग्रेस मीनकृष्ण महर्जन बिजयी भएका छन् । मीनकृष्णले १३३७८ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद चेतनाथ सञ्जेलले ९१६४ मत प्राप्त गरे । मीन कृष्ण र चेतनाथ २०७४ सालको प्रदेशसभा निर्वाचन आमने सामने भएका थिए । वाम गठबन्धनका कारण चेतनाथले पाँच वर्ष अघि बाजी मारेका थिए भने पाँच वर्षपछि वाम लोकतान्त्रिक गठबन्धनको साथ पाएका मीन २०७४ सालको हारको बदला लिन सफल भएका छन् । ०७४ मा सञ्जेलले १२ हजार ८ सय ६६ मत प्राप्त गरी वागमती प्रदेशसभा सदस्यमा विजयी हुँदा महर्जन ११ हजार ७ सय ४२ मत प्राप्त गरी उपविजेता भएका थिए । विसं २०७० को संविधानसभाको निर्वाचनमा पौडेल र दाहाल ललितपुर क्षेत्र नं १ बाट संविधानसभा सदस्यका लागि एमाले र माओवादीका तर्फबाट उम्मेदवार थिए । त्यसबेला कांग्रेस उम्मेदवार उदयशम्शेर राणाले संविधानसभा सदस्यका लागि जीत हासिल गरेका थिए । 

ललितपुर १ ख मा उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्वराज न्यौपानेले १६०९ मत प्राप्त गरे । नेपाल मजदुर पार्टीका उम्मेदवार मन्दिप महर्जनले २०४, हाम्रो नेपाली पार्टीका उम्मेदवार अशोककुमार केसीले ३७६, मंगोल नेशनल अर्गनाइजेशनका तिलकबहादुर जिम्बाले १४२ मत, तिलकबहादुर भोलनले ४ मत,  अर्का स्वतन्त्र देवेन्द्र श्रेष्ठ स्वतन्त्रले ११ मत,  नवराज कुँवरले ३३ मत, पिताम्बर सञ्जेलले २५ मत, रमेशकुमार सञ्जेलले १० मत,  राजेन्द्र महर्जनले ७ मत,  बद्रीबहादुर बस्नेतले ८ मत, श्रीलाल भोम्जनले १०५ मत, सरोजकुमार विष्टले ८ मत प्राप्त गरे । यो क्षेत्रमा खसेको मध्ये ६७७ मत बदर भएको थियो । कुल खसेको मत २५०५८ रहेको थियो ।  

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  २१:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार