उदयपुर २ मा नेकपा एसका जगन्नाथ खतिवडालाई हराउँदै एमालेका अम्बरबहादुर रायमाझी विजयी

मंगलबार, मंसिर ६, २०७९
मयुर प्लाई
Global Ime Bank

कटारी । उदयपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी भएका छन् । उनले १५ हजार दुई सय ५१ मत प्राप्त गरेका थिए । 
उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार आठ सय ९३ मत ल्याए । स्वतन्त्र उम्मेदवार रामकुमार राई १० हजार तीन सय मत ल्याउँदै तेस्रो भए । 
निर्वाचन अधिकृतको कार्यालय कटारीका निर्वाचन अधिकृत जीवनकुमार भण्डारीका अनुसार यस क्षेत्रमा कूल ४४ हजार आठ सय ७५ मत खसेको थियो । यो निर्वाचन क्षेत्रमा चार गाउँपालिका र एक नगरपालिका पर्छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  २१:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार