सोसल मिडिया
Contact Us
युनिकोड
बैतडी । बैतडीमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीको अग्रता कायमै रहेको छ । जम्मा १८ हजार तीनसय ४८ मत गणना हुँदा भण्डारीले आठ हजार चारसय ७१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए । उनलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर) ले सात हजार आठ सय ९५ मतका साथ पच्छ्याइरहेका छन् । यस्तै प्रदेश सभा क्षेत्र नम्बर (१) मा २२ हजार दुई सय ९४ मत गणना हुँदा नेकपा एमालेका सुरेन्द्र पालले सात हजार पाँच सय छ मत प्राप्त गरेका छन् । उनको पछिपछि रहदै स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले पाँचहजार नौ सय ४१ मत पाए । यसैगरी तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका वीर बहादुर बिष्टले पाँच हजार एकसय ९६ मत प्राप्त गरे । यस्तै प्रदेश सभा क्षेत्रनम्बर २ मा भने कांग्रेस अगाडि छ । जम्मा २२ हजार तीन सय ९३ मतगणना हुँदा नेपाली कांग्रेसका शिवराज भट्टले १० हजार नौसय ७० मत ल्याउदा नेकपा एमालेका लिलाधर भट्टले नौहजार चार सय ३३ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाका लागि एक र प्रदेश सभाका लागि दुई क्षेत्र रहेको बैतडीमा आइतबार सम्पन्न निर्वाचनमा कुल मतदाताको ५२ दशमलव २२ प्रतिशत मत खसेको थियो । यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता रहेकामा ७८ हजार चार सय १६ मत मात्रै खसेको थियो ।