भोजपुरमा गठबन्धन अगाडि

बुधबार, मंसिर ७, २०७९
मयुर प्लाई
Global Ime Bank

टक्सार । भोजपुरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्मको मतपरिणामअनुसार भोजपुरको प्रतिनिधिसभा तथा प्रदेशसभा दुवै क्षेत्रमा  गठबन्धन दलका उम्मेदवारले बढी मत पाएका छन् ।  कुल खसेको ६२ हजार एक सय ६२ मतमा प्रतिनिधिसभातर्फ ११ हजार एक सय दुई मत गन्दा गठवन्धन दलका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुदन किराँतीले पाँच हजार चार सय पाँच मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार शेरधन राईले चार हजार एक सय ८५ मत प्राप्त गरेका छन् । दुवै उम्मेदवारबीचको मतान्तर एक हजार दुई सय २१ देखिएको छ भने अझै ५१ हजार ७९ मत गन्न बाँकी छ । 
यता  प्रदेशसभा (१) तर्फ पनि गठबन्धन दलका उम्मेदवार प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई अगाडि छन् । एघार हजार आठ सय ५३ मत गनिरहँदा उनले छ हजार एक सय ९७ मत प्राप्त गरेका छन् भने एमालेका हरिबहादुर राईले चार हजार दुई सय ३९ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उम्मेदवारबीचको मतान्तर एक हजार नौ सय ५८ देखिएको छ । 

यस्तै प्रदेशसभा (२) तर्फ पनि गठबन्धनका उम्मेदवार कांग्रेसका विनोद बान्तवाले दुई हजार नौ सय ४६ मत प्राप्त गर्दा एमालेका खडगबहादुर कार्कीले दुई हजार सात सय १८ मत पाए । दुई सय २८ मत दुई उम्मेदवारबीचको अन्तर हो । 
प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरमा ५० प्रतिशत मतदान भएको थियो भने यहाँ दुवैतर्फ गरेर २५ जना दल र स्वतन्त्रको उम्मेदवारी परेको थियो । प्रतिनिधिसभातर्फ १२, प्रदेश (१) मा सात र प्रदेश (२) मा छ गरी २५ जनाको उम्मेदवारी छ । भोजपुरमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचनका लागि ६४ हजार एक सय २५ पुरुष, ५९ हजार दुई सय ५३ महिला र एक अन्य गरी कुल एक लाख २३ हजार तीन सय ७९ जना मतदाता थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०४:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार